भदौमा १४ औं महाधिवेशन सम्भव छैन : महामन्त्री शशांक कोइराला | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८०, आइतबार

भदौमा १४ औं महाधिवेशन सम्भव छैन : महामन्त्री शशांक कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले तोकिएको समयमा १४ औं महाधिवेशन सम्भव नरहेको बताएका छन् ।

शुक्रबार बिहान भरतपुर बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले भदौ १६गते महाधिवेशन सम्भव नरहेको बताएका हुन् ।

क्रियाशिल सदस्यता विवाद र पार्टी समायोजन विषयका कारण तोकिएको समयमा महाधिवेशन सम्भव नरहेको उनको तर्क छ ।

महामन्त्री कोइरालाले पार्टीमा रहेको आन्तरिक समस्या समाधान गरेर मंसिरसम्ममा महाधिवेशन हुने समेत जिकिर गरेका छन् ।

महाधिवेशनको मुखैमा आएर मिति सार्नु पर्ने अवस्था आउँदा नेता कार्यकर्तामा नैराश्यता छाएको उनको भनाई छ । त्यसैगरी कोइरालाले आफू मन्त्रिमण्डलमा सहभागी नहुने पनि स्पष्ट पारेका छन् ।

Leave a Reply