माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

माओवादी केन्द्रले शुक्रबार अपरान्ह चार बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको हो ।

बैठकमा सत्तारुढ कार्यदलले शुक्रबार बिहान बुझाएको साझा न्युनतम कार्यक्रमकको प्रतिवेदनका विषयमा छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् । यसका साथै आजको बैठकमा माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको छनोटका विषयमा पनि छलफल हुने उनीहरुको भनाई छ ।

शुक्रबार बिहान ७ सदस्यीय सत्तारुढ कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्र बहादुर केसीलाई प्रतिवेदन बुझाएको थियो ।

यसअघि कार्यदलले साझा न्युनतम कार्यक्रमका लागि प्रतिवेदन तयार पारेपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिइने बताइएको थियो । देउवा प्रधानमन्त्री नियुक्त भएको ३ हप्ता वितिसक्दा पनि हालसम्म मन्त्रिमण्डल ५ सदस्यमा मात्रै सीमित रहेको छ । यसका कारण गठबन्धनको सरकार आलोचित बनिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);