माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

काठमाडौं, १९ माघ। सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बुधबारका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै बिहीबारका लागि सारिएको थियो ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी निर्णय लिन बैठक बोलाइएको जनाइएको छ । माओवादीले गृह मन्त्रालय आफैंसँग राख्ने अडान लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ । जसका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा पर्नुभएको छ ।

यस्तै, एमालेले पनि पूर्व सहमति अनुसार रास्वपालाई नै गृह मन्त्रालय दिनुपर्ने दबाव दिईरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको आश्वासनपछि रास्वपा सरकारबाट तत्काल बाहिरिने निर्णयबाट पछि हटेको बुझिएको छ ।

माओवादीले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);