बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन हुँदैनः अर्थमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन हुँदैनः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहो¥याउन नहुने बताउनुभएको छ ।

बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको चुनौति र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताउनुभएको हो । उहाँले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको पनि बताउनु भयो ।

उहाँले खर्च कटौतीसम्बन्धी अर्थमन्त्रालयले महत्वपूर्ण निर्णय गरेको भएपनि अर्थतन्त्रको सुधारको लागि त्यतिमात्रैले नपुग्ने बताउनु भयो । मन्त्री पौडेलले आर्थिक नीति परिमार्जन गर्ने बेला भएको पनि बताउनु भयो । उहाँले अर्च कटौतिको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आफू प्रतिवद्ध रहेको पनि बताउनु भयो । मन्त्री पौडेलले अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउनका लागि गृहकार्य आवश्यक भएको स्पष्ट पार्नुभयो । आगामी दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै उहाँले अहिलेका नयाँ समस्याहरुको चाङलाई बिस्तारै कम गर्दै लैजाने बताउनु भयो ।

अर्थतन्त्रको सुधारका लागि अझै प्रभावकारी कार्यक्रमहरू गर्ने अर्थमन्त्रीले बताउनु भयो । उहाँले ब्याजदरका विषयमा आपसमा बसेर छलफल गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);