जीडीपीको अनुपातमा यो बजेट सानो आकारको होः अर्थमन्त्री वाग्ले | ईमाउण्टेन समाचार

Our Network

असार ३१ २०८३, बिहीबार

जीडीपीको अनुपातमा यो बजेट सानो आकारको होः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेट आकारका हिसाबले ठूलो देखिए पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा भने सानो रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उहाँले चालु आर्थिक वर्षका लागि प्रक्षेपित जीडीपी करिव ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै बजेट त्यसको जम्मा २८.५ प्रतिशत मात्र रहेको बताउनु भयो । उहाँले जीडीपीको अनुपातमा बजेटको आकार ३० प्रतिशतभन्दा माथि जाने विगतको प्रवृत्तिलाई तोडेर राज्यको कार्यान्वयन क्षमता अनुकूल हुने गरी बजेट ल्याइएको दाबी गर्नुभयो ।

वाग्लेले जीडीपीको वास्तविक आकार आगामी दिनमा केही तलमाथि हुन सक्ने र त्यसबारे मध्यावधि समीक्षामा थप मूल्यांकन गरिने बताउनु भयो । उहाँले बजेटको आकार निर्धारण गर्दा राज्यको स्रोत, क्षमता र कार्यान्वयन पक्षलाई विशेष ध्यान दिइएको बताउनु भयो । अर्थमन्त्रीका अनुसार सरकारले बजेटलाई २५–३० प्रतिशतको दायराभित्र राख्दै यथार्थपरक र कार्यान्वयनयोग्य बनाउने प्रयास गरेको छ ।

Leave a Reply