बजेट संविधान विपरित छैन, समतालाई केन्द्रमा राखेर अघि बढेका छौँः अर्थमन्त्री वाग्ले | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

बजेट संविधान विपरित छैन, समतालाई केन्द्रमा राखेर अघि बढेका छौँः अर्थमन्त्री वाग्ले

काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले समतलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गर्नुभएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै समता र सामाजिक न्यायलाई बजेटको केन्द्रबिन्दु बनाइएको दाबी गर्नुभएको हो । विपक्षी दलहरुले संविधानको मर्मविपरित बजेट आएको भन्ने आरोपलाई उहाँले खण्डन गर्नुभयो । उहाँले बजेटमा आर्थिक वृद्धि र समानताको सन्तुलनलाई प्राथमिकता दिएको दाबी गर्नुभयो ।  समन्यायिक समुन्नति र समृद्धिलाई लक्ष्य बनाएको उहाँको भनाई छ ।

बजेटमा समाजवाद शब्द स्पष्ट रूपमा उल्लेख नभएपनि समताको एजेण्डालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने प्रयास बजेटमार्फत गरिएको उहाँले बताउनु भयो । उहाँले सरकार पाँच वर्षे प्रतिवद्धता र जनताले अनुमोदन गरेको एजेण्डाप्रति दृढ रहेको उल्लेख गर्नुभयो । सरकारका नीति, कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेटबीच उच्च स्तरको संगति रहेको उहाँको दाबी छ । उहाँले विपक्षी दलहरुलाई आफ्नो पार्टीको एजेण्डाजस्तो बजेट आएन भनेर गुनासो गर्न छुट रहेको बताउनु भयो ।

Leave a Reply