परराष्ट्रमन्त्री विमला पौड्याल आज श्रीलङ्का जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

परराष्ट्रमन्त्री विमला पौड्याल आज श्रीलङ्का जाँदै

काठमाडौं, १९ माघ । परराष्ट्रमन्त्री विमला राई पौड्याल आज श्रीलङ्का जादै हुनुहुन्छ । श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेको निमन्त्रणमा माघ २० र २१ गते मा हुने ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन पौड्याल जान लाग्नु भएको हो । विक्रमासिङ्घेले दक्षिण एसियाली मुलुकका विदेश मन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गरेका छन् ।

परराष्ट्रमन्त्री भएपछि पौड्यालको यो पहिलो विदेश भ्रमण हो । मन्त्री पौड्याल बिहीबार कोलोम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रीको श्रीलङ्का भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

भ्रमणका क्रममा मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । दुई दिने भ्रमण सकेर पौड्याल आइतबार स्वदेश फर्किनुहनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);