परराष्ट्रमन्त्रीसँग भारतीय विदेश सचिवको भेटमा यी विषयमा भयो छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

परराष्ट्रमन्त्रीसँग भारतीय विदेश सचिवको भेटमा यी विषयमा भयो छलफल

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र भारतीय विदेशसचिव विनमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

सोमवार सिंहदरबारमा मन्त्री पौड्याल र सचिव क्वात्राबीच भेटवार्ता भएको हो । भेटवार्तामा विकासका सहायताको विषयमा कुराकानी भएको मन्त्री पौड्यालले बताउनु भयो । उहाँले भेटमा कनेक्टीभटी अन्तर्गत हवाई यात्राको कनेक्टीभिटी विषयमा पनि कुराकानी भएको बताउनु भयो । उहाँले एयरपोर्ट बनिरहेको र त्यसलाई पूर्ण रुपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको बताउनु भयो ।

उहाँले विमानस्थलका रुटहरु खोल्ने र ट्रेट ब्यारियरका बारेमा पनि छलफल भएको बताउनु भयो । उहाँले भारतबाट सामान आउँदा थाहा नभइकन सामानहरु रोकिने समस्या आएकाले त्यसका बारेमा पनि छलफल भएको बताउनु भयो । उहाँले विद्युतलाई अझै बढी उत्पादन र विद्युत बिक्रीलाई बढाउने कुरामा पनि छलफल भएको बताउनु भयो । मन्त्री पौडेलले भेटमा द्वी पक्षिय सम्बन्धलाई बलियो बनाउँदै विकासका सहायतालाई अघि बढाउने र सम्झौता गरिसकेको कुराहरु र सफल रुपमा कार्यान्वयन गर्ने बारेमा पनि छलफल भएको बताउनु भयो ।

उहाँले भेटमा नेपालमा लगानीको वातावरण बनाउने बारेमा पनि छलफल भएको बताउनु भयो । सचिव क्वात्रासँगको भेटमा जलवायु परिवर्तनबाट परेको असरका बारेमा पनि छलफल भएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको जोखिम न्युनिकरणका लागि दक्षिण एशिया स्तरको बलियो संयन्त्र बनाएर विश्वको जलवायु सम्बन्धी फोरममा कसरी एउटै आवाज बनाएर लैजाने भन्नेबारेमा आफूले विशेष जोड दिएको बताउनु भयो ।

मन्त्री पौड्यालले भेटमा छिमेकीसँगको सम्बन्ध र दौत्य सम्बन्धलाई बलियो बनाउने बारेमा छलफल भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);