द्वन्द्वपीडितको समस्या समाधानगर्न विशेष कार्यदल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

द्वन्द्वपीडितको समस्या समाधानगर्न विशेष कार्यदल

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपीशर्मा ओलीले विगतको सशस्त्रद्वन्द्व पीडितको समस्या सम्बोधनगर्न सरकारले एक विशेष कार्यदलबनाउने बताउनुभएको छ ।
आफ्ना पीडा अवगत गराउनआजप्रधानमन्त्रीनिवास बालुवाटारमापुगेकाद्वन्द्वमामारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीहरु सँगको छलफलका क्रममाप्रधानमन्त्रीले यस्तो बताउनु भएको हो ।

गृहमन्त्री रामबहादुर थापाबादल र सरकारका उच्चपदस्थअधिकारी सहितको उक्त छलफलमा प्रधानमन्त्रीले भन्नुभयो , ‘अब क्षमा र पीडितलाई आवश्यकता अनुरुपको सहयोग मार्फत द्वन्द्वका घाउहरुलाई क्रमशःपुर्दै लैजानु पर्छ’ ।

छलफलमा प्रधानमन्त्रीओलीले राज्यले शान्ति सुरक्षाकालागि खटाएका, राज्यविरुद्ध हतियार उठाउनेका तर्फबाट लडेका र कुनै पक्षमा सामेल नभएपनिआशंकावा रिसिइवीमामारिएका गरी तीनधारका द्वन्द्व पीडितहरु रहेको उल्लेख गर्नु भयो । ‘जता पट्टिबाटगोलीचलेर मारिएको होस्, तिनमाआश्रित एकलमहिला,उसकाअभिभावकउसमाआश्रित् सन्तानको पीडाहरु उस्तै उस्तै छन्’, उहाँले भन्नुभयो ।

पेन्सनआदि केहीपनिनपाउनेद्वन्द्व पीडितको परिवार अरु भन्दाबढी समस्यामा रहेकोपनिप्रधानमन्त्रीले बताउनुभयो । द्वन्द्वरत कुनै पक्ष मै नभएका राजनीतिककार्यकता र सर्वसाधारण जनतापनिथुपै संख्यामा पीडित रहेको उहाँले बताउनुभयो । ‘यि सबै पक्षको माग कसरी सम्बोधनगर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबैसँग बसेर छलफल गरी निश्कर्ष निकाल्नुपर्छ’, प्रधानमन्त्रीले भन्नुभयो ।

जुनसुकै तर्फबाट लडेको भएपनि अब प्रतिशोधको राजनीतिगर्न नहुने पनिप्रधानमन्त्रीले बताउनु भयो । ‘अब क्षमा गर र विर्स’ को भावबाट जानुपर्छ’ , प्रधानमन्त्रीको भनाई थियो। यद्यपी मैना सुनारको जस्तो जघन्य र गम्भिर प्रकृतिका घटनामा भने जोसुकैले पनि सजायँपाउने पनिप्रधानमन्त्रीले बताउनु भयो।

द्वन्द्वमा मृतकका परिवार वा घाइते बाहेक बहिर्गमित लडाकुकोसमेत अर्को खालको समस्या रहेकोप्रधानमन्त्रीले उल्लेख गर्नुभयो। ‘तीनचार वर्ष क्यान्टोनमेन्टमा बस्दा त्यो किशोरले सुरुमा देखेको सपनाभाँच्चिइसकेको हुन्छ। उमेर कटेपछि अर्को सपना देख्ने ठाउँ नै हुँदैन’, प्रधानमन्त्रीको भनाई थियो ।

कार्यक्रममाद्वन्द्व पीडित सुरक्षाकर्मीको परिवारका तर्फबाट बोल्दै रिता सेनले सशस्त्रद्वन्द्वकालमाआफ्नो कर्तव्य पालनगर्दा कुलदुई हजार ८ सय ९४ जना सुरक्षाकर्मी मारिएको र झण्डै १ हजार जना घाइते भएको बताउनुभयो ।ती सुरक्षाकर्मी आश्रित् परिवार र घाइते प्रहरीको अवस्थादयनीय रहेकोे पनिउहाँले उल्लेख गर्नुभयो ।

‘ज्यानजोखिममा राखेर कर्तव्य पालनागर्ने प्रहरीको परिवारलाई राम्रै गरी राहतदिन सकिएमाअहिले कार्यरत जवानसुरक्षाकर्मी समेतको मनोबल उच्चहुनेछ, उहाँको भनाई थियो । सरकारले मृतक सुरक्षाकर्मीलाई शहिद घोषणा गरे पनिआफूहरुले त्यसबापत केहीनपाएको र सत्य निरुपण तथा मेलमिलापआयोगले आफूहरुलाई ‘पीडक’ भन्ने गरेको पनिउहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);