मन्त्रीहरूको भेटलाई किन खुला रूपमा प्रस्तुत नगरी लुकाइयो ?(एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

मन्त्रीहरूको भेटलाई किन खुला रूपमा प्रस्तुत नगरी लुकाइयो ?(एक रिपोर्ट)

काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले भारतीय विदेशमन्त्री एस जयशंकर सँग न्यूयोर्कमा भएको भेटमा विशेष छलफल नभएको बताउदै गर्दा उहाँका समकक्षीले भने दुई देशबीच विशेष सम्बन्ध अघि बढाउन नजिक रहेर काम गर्ने सहमति भएको उल्लेख गर्नुभएको छ ।

दुई पक्षीय भेटपछि आएको दुवै देशका परराष्ट्रमन्त्रीहरुको भनाइ भने बाझिएको छ । पछिल्लो समय नेपाल र भारतबीच सीमालगायतका विभिन्न समस्या देखिएका बेला दुई देशका मन्त्रीहरूको भेटलाई किन खुला रूपमा प्रस्तुत नगरी लुकाइएको भन्ने प्रश्न उठेको छ ।

अहिले दुई देशबीच सीमा विवाद मात्रै छैन भारतीय सीमा सुरक्षा बलले तुइन काटेर नेपाली युवा महाकालीमा बेपत्ता भएको घटनाले अर्काे विवाद उत्पन्न भएको छ । वर्षौंदेखि जरा गाडिएको लिपुलेक क्षेत्रहरूको भारतले आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा नेपाल–भारतबीच सीमा विवादबारे जोडतोडले बहसका रूपमा स्थान पायो ।

फेरि केही महिनापश्चात् केही समयका लागि उक्त विवादले सार्वजनिक चर्चाको चौतारीबाट गायब । फेरि अहिले नेपाली एक युवा महाकाली तर्दै गर्दा तुईन काटिदिएपछि उनी महाकालीमा बेपत्ता भए ।

सो तनावछि दुई देशविच संवादहिनता थियो । १ सय ९१ औ राष्ट्र सम्मिलित संयुक्त राष्ट्रसंघको ७६ औ महासभामा भने नेपाल र भारतको कुटनीतिक स्तरमा भेटघाट भएको छ । लामो समयको स.वादहिनता तोड्दै भएको छलफलमा विषेश कुराकानी भएको भन्दै भारतीय परराष्ट्रमन्त्रीले बताएपछि यो विषयले चर्चा पाएको छ ।

राष्ट्रसंघमा भाग लिएर परराष्ट्रमन्त्री डा. नारायाण खड्का विहिबार नेपाल फर्कनुभएको छ । महासभामा भाग लिने क्रममा मन्त्री खड्का र भारतिय विदेश मन्त्री एस जयशंकर विच भेटवार्ताभएको थियो ।

नेपालका परराष्ट्रमन्त्रीसंगको छलफलपछि भारतिय विदेशमन्त्री एसजयशंकर्ले सामाजिक संजाल मार्फत दुई देश विच विषेश सम्वन्ध अघि बढाउन नजिक रहेर काम गर्ने सहमती भएको उल्लेख गर्नूभएको थियो । तर परराष्ट्रमन्त्री खड्काले भने न्यूयोर्कमा भारत संग सामान्य कुराकानी भएपनि कुनै विषेस छलफल नभएको अभिब्यक्ति दिनुभएको छ ।

तुईन प्रकरणपछि न्यूयोर्कमा नेपाल र भारतका मन्त्रीस्तरिय भेट पहिलो हो । नेपाल र भारत विच धेरै समस्याहरु छन त्यसलाई सुल्झाउन भारतले कहिल्यै चासो दिइएको देखिदैन । यस्तो बेला भएको मन्त्रीस्तरिय भेटमा विषेश छलफल हुन सक्ने आँकलन गरिएको थियो ।

तर भारतीय विदेश मन्त्रीले विशेष छलफल भएको बताईरहँदा नेपालले दुई देश विच भएको छलफल सामान्य भएको बताएपछि दु्रई देशका परराष्ट्रमन्त्रीहरुको भेट पछि दुवै मन्त्रीहरुले दिएको अभिब्यक्ति बाझिएको नेपालका परराष्ट्रविद् लोकराज बरालले बताए ।

विशेष गरी देशको जिम्मेवारतहमा रहेर काम गर्ने नेताहरुले हरेक कुरा पारदर्शीरुपमा नागरिक सामु राख्नुपर्ने हो । खास गरी परराष्ट्र मामलामा भएका छलफहरुलाई नेपाली जनता सामु पारदर्शी रुपमा नराख्ने र राख्नुपर्छ भन्ने नठान्ने परिपार्टी रहेको राजनीतिक विश्लेषक बलराम रायले बताए ।

महासभामा आँफुले नेपालका हितका विषयमा कुरा उठाएको बताउनु भएका मन्त्री खड्काले भारतका विदेश मन्त्रीसंग छलफलमा भएको कुरा किन पारदर्शीरुपमा राख्न सक्नुभएन । भारत संगको सम्वन्ध पछिल्लो समय चिसिएका बेला के के छलफल भयो र कस्ता कुरा उठे भन्ने सबैलाई चासो रहेको बेला दुई देशका परराष्ट्रमन्त्री विच भएको छलफलको अभिब्यक्ति बाझिएपछि के र किन कुरा लुकाईयो भन्ने प्रश्न उब्जीएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);