मुस्लिम आयोगकाे कार्यसम्पादनमा समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

मुस्लिम आयोगकाे कार्यसम्पादनमा समस्या

काठमाडाैं,२१ असार । मुस्लिम आयोगमा पदाधिकारी चयन र बजेट समयमा उपलब्ध नहुँदा कार्यसम्पादमा समस्या भएको छ । आईतबार संसदको महिला तथा सामाजिक समितिको बैठकमा आयोगको प्रतिवेदन माथिको छलफलमा आयोगका सचिव शम्भु बहादुर खड्काले लामो समयदेखि पदाधिकारी चयन र बजेट समेत समयमै उपलब्ध नहुँदा कार्यसम्पादनमा समस्या परेको बताउनु भयो ।

बैठकमा आयोगका अध्यक्ष समिम मिया अन्सारीले कुनै पनि संवैधानिक आयोगमा सरकारले प्रयाप्त स्रोत साधनको व्यवस्था गर्न नसकेको बताउनुभयो । आयोगको प्रतिवेदन माथिको छलफलमा सांसदहरुले मुस्लिम समुदायभित्र देखिएका समस्याहरु समाधानका लागि काम गर्न सरकारसंग आग्रह गरेका थिए ।

समितिकी सभापति निरुदेवी पालले मुस्लिम समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक र शैक्षिक क्षेत्रको मुल प्रवाहमा ल्याउन जरुरी रहेको बताउनुभयो । सभापति पालले लैङ्गिक हिंसालाई प्रथामिकताका साथ नियन्त्रण गर्न र मदरशाहरुको अभिलेखिकरण गरी व्यवस्थित गर्न आयोगलाई निर्देशन दिनुभयो ।उहाँले आवश्यकता अनुसार प्रतिफल आउने कार्यक्रम सञ्चालनका लागि समस्या हुन नदिन अर्थ मन्त्रालयलाई समेत निर्देशन दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);