सरकारी निकायमा करारमा कर्मचारी राख्ने प्रवृतिको अन्त्य हुनुपर्ने सासंदको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारी निकायमा करारमा कर्मचारी राख्ने प्रवृतिको अन्त्य हुनुपर्ने सासंदको भनाई

काठमाडौं, १४ साउन । सांसदहरुले सरकारी निकायमा करारमा कर्मचारी राख्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन माथिको छलफलका क्रममा सांसदहरुले सार्वजनिक निकायमा करारमा कर्मचारी राख्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका हुन् ।

छलफलमा लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले अझैपनि एकदर्जन संगठित संस्था लोकसेवा आयोगको मातहत नआएको बताउनुभयो । उहाँले कर्मचारीको बढुवा मूल्याङ्कनको आधारमा गर्नु सबैभन्दा बैज्ञानिक हुने बताउनुभयो । आयोगको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा आयोगले प्रकाशित गरेका कुल विज्ञापनमा १ लाख ४३ हजार ८ सय ४० जनाले दरखास्त दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);