'इनफ इज इनफ'का अभियन्ताद्वारा महेन्द्र पुलिस क्लब अगाडी धर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

‘इनफ इज इनफ’का अभियन्ताद्वारा महेन्द्र पुलिस क्लब अगाडी धर्ना

dharna

काठमाडौं, १५ साउन । गृहमन्त्रालय प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’ का अभियन्ताहरु पक्राउ गरेको विरोधमा महेन्द्र पुलिस क्लब अगाडी धर्ना दिएका छन । सूचनाको हकको निवेदन दर्ता गर्न गृहमन्त्रालय प्रवेश गर्न खोज्दा पाँच जना पक्राउ परेका थिए ।

अभियानका सदस्यहरु पक्राउ परेपछि आक्रोशित बनेको अभियन्ताहरुले बिहिबार पुलिस क्लब अगाडी धर्ना दिएका हुन् । पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसी लगायत रहेका छन् । प्रहरीले पक्राउ गरेका अभियन्ताहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।

अभियन्ताहरुले पीसिआर परिक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुुनुपर्नेभन्दै देशैभरि विभिन्न स्थानमा अनसन, विरोध गर्दै आएका छन् । सरकारले असार २३ गते अभियान्ताहरुको माग पुरा गर्ने प्रतिवद्धता जनाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);