१२ बुँदे सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै युवाहरु धर्नामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

१२ बुँदे सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै युवाहरु धर्नामा

काठमाडौं, १ असार । सरकार र इनफ इज इनफ समुहका सत्याग्रहीबीच भएको १२ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै युवाहरुले बिहीबार मन्त्री क्वाटर हरिहरभवन अगाडी धर्ना दिएका छन् । पीसीआर परीक्षणको दायरा बढाउने, क्वारेन्टीनको अवस्था सुधार्ने लगायतका लिखित प्रतिबद्धता गरेरपनि सरकारले कार्यान्वयन नगरेको भन्दै युवाहरु धर्नामा बसेका हुन् ।

अनसन तोडाउन गत असार २३ गते सत्याग्रही इ र पुकाम बमसँग स्वास्थ्य मन्त्रालयले गरेको लिखित प्रतिबद्धता कार्यान्वयन गर्न युवाहरुले सरकारको ध्यानाकार्षण गराएका छन् ।

युवाहरुले सम्झौता कार्यान्वयन र क्वारेन्टीनको सुधार गर्न माग गरिएका प्लेकार्डहरु बोकेका थिए । पीसीआर परीक्षणको दायरा नबढाउँदा संक्रमितहरुको संख्या बढेको र क्वारेन्टीन सुधारमा समेत कुनै पहल नभएको भन्दै रुष्ट भएका उनीहरुले अव मन्त्रीहरुको घरघरमै गई धर्ना दिने चेतावनी समेत दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);