पहिरोले दुई वटा घर पुरिँदा एकको मृत्यु, ४ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पहिरोले दुई वटा घर पुरिँदा एकको मृत्यु, ४ जना बेपत्ता

pahiro

सिन्धुपाल्चोक, १ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ मा गएराति पहिरोले दुई वटा घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ४ जना वेपत्ता भएका छन् । बुधबार राति खसेको सुख्खा पहिरोको स्थानीय ज्ञान्जेन शेर्पाको घर पहिरोमा पुरिँदा ३४ वर्षकी निमा साङ्मु शेर्पाको मृत्यु भएको हो ।

त्यस्तै ७० वर्षीया समबुट्टी शेर्पा, ३५ वर्षीया सेम्साङ शेर्पा, १५ वर्षीया याङ्जी र १२ वर्षीया आङ्मु बेपत्ता भएका छन् । परिएका उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोले पुरेको अर्को घरमा भने कोही मानिसहरु नबस्ने भएकोले कुनै मानविय क्षति नभएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । पहिरोले स्थानीय सेतीदेवी पञ्चकन्या प्राविको पर्खाल र भवनमा पनि क्षति पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);