कालीकोटमा पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कालीकोटमा पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु

काठमाडौं, १४ साउन । कालीकोटको नरहनीनाथ गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडानम्बर ७ मा बर्षासंगै मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीया बुहारी कुशा, १८ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।

६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । त्यस्तै सोही गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी श्रीमति ६५ वर्षीय मनाबुढाको मृत्यु भएको छ ।

बाले बेपत्ता रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसअघि सोमबार राति कालीकोटकै रास्कोट नगरपालिकामा बाढी र पहिरोमा परी ६ जना बेपत्ता भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);