पहिरोले घर पुरिँदा एकै परिवारका चारसहित ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

पहिरोले घर पुरिँदा एकै परिवारका चारसहित ६ जनाको मृत्यु

pahiro

फाईल फोटो

तुलसीपुर, २८ भदौ । पहिरोले घर पुरिँदा एकै परिवारका चारसहित ६ जनाको मृत्यु भएको छ । बिहीबार राति शहीदमार्गअन्तर्गत घर्तीगाउँ–थबाङ सडक खण्डको छेर्लोबाङमा पहिरो खस्दा एक घर पुरिएर दुई परिवारका ६ जनाको मृत्यु भएको हो ।

थबाङ गाउँपालिका–२ छेर्लोबाङस्थित शिरकुमारी बुढाको घर पहिरोले पुर्दा २८ वर्षीया शिरकुमारी र उनका छोरा ४ वर्षीय असल बुढालगायत ६ जनाको पुरिएर मृत्यु भएको छ । मध्य राति घर माथिबाट आएको पहिरोमा पुरिएर ३८ वर्षीय जय बुढा, उनकी श्रीमती ३६ वर्षीया मूलज्योति बुढा र उनका दुई छोरी ९ वर्षीया देवस्ती र २ वर्षीया करिस्माको मृत्यु भएको छ । शिरकुमारीका श्रीमान् कमल बुढा रोजगारीका लागि विदेश गएका छन् ।

रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङका अनुसार शुक्रबार बिहान स्थानीयले शिरकुमारी र उनको छोरा असलको शव निकालेका थिए । बाँकी बेपत्ता ४ जनाको शव मिरुल, कुरेली, थबाङबाट गएको प्रहरी र स्थानीयले शुक्रबार दिउँसो मात्र भेटाएका थिए । दुई दिनदेखिको भारी वर्षासँगै निर्माणाधीन शहीदमार्गबाट पहिरो खसेर घर पुर्यो । घटनास्थल लिबाङबाट करिब ६० किलोमिटर उत्तरमा पर्छ । बिहीबार दिउँसैबाट भारी वर्षा भइरहेपछि पहिरो खस्ने आशंकाले छिमेकीसमेत शिरकुमारीको घरमा बास बस्न आएका थिए । तर, दुर्भाग्य आश्रय लिएको घरभित्र छिमेकीसमेत पुरिए ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।