अनशनकारीसँग वार्ता गर्न साइत कुर्नु पर्दैन : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

अनशनकारीसँग वार्ता गर्न साइत कुर्नु पर्दैन : कांग्रेस

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसले राजधानीको बसन्तपुरमा कोरोना परीक्षणको दायरा बढाउने लगायत माग राखेर अनशन बसेका अनशनकारीसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै आसनकारीसंग साइत नकुरी वार्ताको पहल गर्न सरकारसँग माग गर्नुभएको हो । सरकार स्वयंले अघिल्लो अनशनमा गरेको सम्झौता पालना गर्न माग गर्दा गम्भीर नदेखिनु अत्यन्तै दुःखद भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा कार्य गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना भएको जनाइएको छ ।

कांग्रेसले अनशनरत युवाहरूको भावनालाई अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गर्न र कोरोनाविरुद्धको संघर्षमा व्यापक रुपमा बढेको चुनौती सामना गर्ने ढंगले नयाँ रणनीति तयार गर्न पनि सरकारसँग माग गरेको छ ।केही समययता इनफ इज इनफ अभियानका युवाहरुले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने माग राखेर अनशन जारी राखेका छन ।

सरकारले गत असार २३ गते उनीहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएको थियो । तर माग पूरा नभएपछि अभियानमा संलग्न युवाहरु अनशन बसेका हुन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);