वीपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारीहरुसँग संवाद गरी सहज वातावरण बनाउन प्रधानमन्त्रीसँग कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

वीपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारीहरुसँग संवाद गरी सहज वातावरण बनाउन प्रधानमन्त्रीसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनको संवादमार्फत् समाधान अविलम्ब पहिल्याउन प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

नेपाली कांग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा झण्डै एक महिना अघि देखि जारी आन्दोलनका विषयमा संवाद गर्न प्रधानमन्त्री समक्ष माग गरेको हो ।

धरानस्थित वीपी प्रतिष्ठानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीहरु विभिन्न माग सहित लामो समयदेखि आन्दोलन गरेका छन् । आन्दोलन एक महिना पुग्न लाग्दा पनि यस विषयलाई कुलपति प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिएर समाधानको पहर नगरेको नेपाली कांग्रेसले चिन्ता व्यक्त गरेको छ । साथै कांग्रेसले कुलपति प्रधानमन्त्री अझै किन मौन भन्दै प्रश्न समेत गरेको छ । प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शुन्य बस्नु भनेको जिम्मेवारीप्रतिको चरम गैरजिम्मवार भएको भन्दै कांग्रेसले आलोचना गरेको छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ –‘‘कोभिड महामारी चलिरहेको बेला स्वास्थ्य प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्दछ र पुगिरहेको छ भन्ने हेक्का कुलपतिलाई नहुनु दुःखद छ । ’’

प्रतिष्ठान भित्र अनेकन बेथिति र अराजकता रहेको विवरण पटक–पटक सार्वजनिक भएको र त्यसलाई ढाकछोप नभई आवश्यक उपचार गर्न जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ । आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीहरुसँग सार्थक संवाद मार्फत जायज माग अविलम्ब सम्बोधन गरी प्रतिष्ठानभित्र सहज वातावरण निर्माण पनि कांग्रेसले कुलपति प्रधानमन्त्रीसँग माग गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);