अख्तियारद्धारा धरानस्थित वीपी प्रतिष्ठानमा छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अख्तियारद्धारा धरानस्थित वीपी प्रतिष्ठानमा छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

bp koirala pratisthan dharan

सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ ।

अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले वीपी प्रतिष्ठानमा बिहीबार छापा मारेको हो । अख्तियारले छापा मारेर प्रतिष्ठानको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

प्रतिष्ठानमा आर्थिक अनियमितता भएको भन्दै कर्मचारीहरु लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । स्वास्थ्य सामाग्री खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा समेत प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको कर्मचारीहरुले आरोप लगाउँदै आएका छन् । यस विषयमा अख्तियारमा समेत उजुरी परेको थियो ।


आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधन गर्न तथा प्रतिष्ठानको समस्या समाधान तथा छानबिनका लागि सरकारद्धारा गठित कार्यदलले पनि प्रतिष्ठानका भ्रष्टाचार भएको ठहर गरेको थियो ।

अख्तियारको केन्द्रबाटै गएको एसएसपी टेकबहादुर तामाङ नेतृत्वको ५ जनाको टोली र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट १ जना सहितको टोलीले प्रतिष्ठान कार्यालयमा पुगेर त्यहाँका कागजात नियन्त्रण लिएको बताइएको छ ।

छानबिनका लागि गठित कार्यदलको प्रतिवेदनमा भ्रष्टाचारको आरोप लागेको संस्थाबाटै सामग्री खरिद गरिएको, १४ करोड ६० लाखको खरिदमा मूल्य सार्थकता सुनिश्चित नभएको, ८ गुणा महँगोमा एक दशकदेखि इन्टरनेट सेवा लिएको उल्लेख गरिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);