कोरोनाले थला परेको बीपी प्रतिष्ठान विस्तारै तंग्रदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोनाले थला परेको बीपी प्रतिष्ठान विस्तारै तंग्रदै

धरान, ६ फागुन । कोभिड–१९का कारण चरम आर्थिक समस्या खेपेको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा बन्द भएको सेवा विस्तारै सञ्चालनमा आएसंगै आर्थिक रुपमा समेत सुधार आउन थालेको छ ।

कोभिडको सक्रमण भन्दा अगाडी प्रतिष्ठानले सञ्चालन गरेको अस्पतालबाट सरदर मासिक ८ करोड २४ लाख आम्दानी हुदै आएको थियो भने कलेजबाट बार्षिक १ अर्ब २८ करोड आम्दानी हुने गरेको थियो । तर, लकडाउनका कारण अस्पतालबाट हुने मासिक आम्दानी घटेर २ करोडमा सिमित भएको थियो । तर, लकडाउन हटेसगै अस्पताल सञ्चालनमा आएपछि भने आर्थिक रुपमा केही सुधार देखा पर्न थालेको प्रतिष्ठानले जनाएको छ ।

आफ्नो आम्दानी कम भएको अवस्थमा सरकारले भुक्तानी गर्नुपर्ने स्वास्थ्य बिमा, विपन्न नागरिक स्वास्थ्य सेवा, रकम भुक्तानी नहुदा कोरोनाको उपचारमा खटिने चिकित्सक तथा कर्मचारीलाई जोखिम भत्तासगै समयमा तलब समेत भुक्तानी गर्न समस्या पर्दै आएको छ । यो सगै प्रतिष्ठानका पदाधिकारी बिचको द्वन्द्वका कारण समेत प्रतिष्ठानको विकासमा बाधा पुग्दै आएको छ ।

अस्पतालले दिदै आएको सम्पूर्ण सेवाहरु सञ्चालनमा आएपछि प्रतिष्ठानमा बिरामीको चाप बद्दै गएको छ । २ करोडमा सिमित बनेको अस्पतालको मासिक आम्दानी अहिले ६ करोड बढी पुगेको प्रतिष्ठानले जनाएको छ । कोरानाको कारण केही समस्या भएको भएपनि विरामीको चाप बढेसगै प्रतिष्ठान पुरानै लयमा फर्कने क्रममा रहेको छ ।

चरम भ्रष्ट्राचार र अनियमिततामा फसेको प्रतिष्ठानमा केही सुधारका संकेत देखा पर्न साथ सुरु भएको कोरोना माहामारीको कारण झनै थलिएको थियो । कोरोनाको कहर सामान्य हुदै जादा प्रतिष्ठानमा केही सुधारका संकेत देखापर्न थालेका छन् तर प्रतिष्ठानका केही पदाधिकारी सुविधा भोगी हुदा भने प्रतिष्ठान थप संकट खतरा भने बढेको छ । प्रतिष्ठानका पदाधिकारीबिच भएको बेमेलले पनि प्रतिष्ठानमा विकासमा बाधा पुगेको छ । त्यसैले दक्षिण एशियाकै नमुनाको रुपमा परिचित प्रतिष्ठानलाई थप उचाइमा पु¥याउन पदाधिकारीहरुले व्याक्तिगत स्वार्थलाई त्यागेर प्रतिष्ठानको हितमा काम गर्न जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);