वीपी प्रतिष्ठानले आइतबारदेखि ओपिडी सेवा सुचारु गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

वीपी प्रतिष्ठानले आइतबारदेखि ओपिडी सेवा सुचारु गर्ने

सुनसरी, २६ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि ओपिडी सेवा सुचारु गर्ने भएको छ । एक महिनादेखि बन्द रहेको प्रतिष्ठानको ओपिडी सेवा प्रतिष्ठानले आइतबारदेखी सुचारु गर्न लागेको हो ।

अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साहले बिहीबार सूचना जारी गर्दै आइतबार(भदौ २८ गते)देखि ओपिडी सेवा सञ्चालनमा आउने जानकारी दिनुभएको हो । स्थानीय, प्रदेश र संघीय सरकारले लकडाउन खुकुलो बनाउदै गएको कारण प्रतिष्ठानले पनि ओपिडी सेवा सुरु गर्ने निर्णय गरिएको अस्पताल निर्देशक डा.साहले बताउनुभयो ।

डा. साहका अनुसार ओपिडी सेवालाई सुरक्षित र व्यवस्थित गर्नको लागि चाहिने पिपिई, आवश्यक सुरक्षा, सामाजिक दुरी, हातधुने लगायतको व्यावस्था गरिएको छ ।

प्रतिष्ठानमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि प्रतिष्ठानले साउन २८ गतेदेखि ओपिडी सेवा बन्द गरेको थियो । प्रतिष्ठानमा दैनिक करिब २ हजार ५ सय विरामी ओपिडीमा आउने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);