नर्भिक हस्पिटलले ग्याष्ट्रिकका बिरामीलाई फ्री ओपिडी सेवा दिने | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८३, बुधवार

नर्भिक हस्पिटलले ग्याष्ट्रिकका बिरामीलाई फ्री ओपिडी सेवा दिने

काठमाडौं । नर्भिक हस्पिटलले ग्याष्ट्रिकका बिरामीलाई फ्री ओपिडी सेवा दिने भएको छ । हस्पिटलले शनिबार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएका बिरामीलाई लक्षित गरी निःशुल्क सेवा दिने भएकाे हाे । 

सो सेवा नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. वरुणकुमार साहले दिनेछन् । उनका अनुसार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिन सक्ने छन् । निःशुल्क ओपिडी सेवा शनिबार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ । 

नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोन सिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । 

निःशुल्क ओपिडी सेवा लिन वा यो अभियानको विषयमा थप जानकारी लिनका लागि नर्भिक अस्पतालका ओपीडी म्यानेजरलाई ९८०१२२५३१८ नम्बर वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

Leave a Reply

ताजा समाचार