पत्रकार वीरेन्द्र साह हत्याका अर्का अभियुक्त समातिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पत्रकार वीरेन्द्र साह हत्याका अर्का अभियुक्त समातिए

बारा ,२६ भदौ। बाराका पत्रकार वीरेन्द्र साहका हत्याका अभियुक्त हरेराम पटेललाई प्रहरीले बिहीबार कोल्हवीबाट पक्राउ गरेको छ । हत्या भएको १३ वर्ष पछि प्रहरीले पक्राउ गरेको हो ।

पत्रकार साहको २०६४ असोज १८ मा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले बाराको पिपरा बजारबाट अपहरण गरी हत्या गरेका थिए । जिल्लाको साविक तेलकुवाँ गाविस वडा नं.४ हाल महागढीमाई नगरपालिका वडा नं.२ का ४७ वर्षीय पटेल तत्कालीन माओवादीका वाईसिएल ईन्चार्ज थिए ।

हाल उनी मोहन वैद्यले नेतृत्व गरेका नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य र सोही पार्टी अन्तर्गतका क्रान्ति मधेसी मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको प्रहरी उपरीक्षक पंङ्गेनीले बताउनु भयो ।

सात महिना अघि पत्रकार साहकै हत्याका अर्का अभियुक्त कुन्दन फौजदार पक्राउ परेका थिए । मुख्य योजनाकार लालबहादुर चौधरी अझै फरार छन् । सात महिनाको फरकमा पटेल र फौजदार पक्राउ परेका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);