सेयर लगानी सम्बन्धी विवाद हुँदा हत्या गर्ने अभियुक्त सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सेयर लगानी सम्बन्धी विवाद हुँदा हत्या गर्ने अभियुक्त सार्वजनिक

बटुकनाथ झा
जनकपुरधाम, ३० माघ ।
धनुषा जिल्लाको क्षिरेश्वर डिष्टिलसीका संचालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी मृतकको सालोलाई सार्वजनिक गरेको छ । माघ १३ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ मा रहेको क्षिरेश्वर डिष्टिलरीका संचालक उदयपुरको त्रियुगा नगरपालिका ७ का प्रमोद रेग्मी आफ्नै कोठामा मृत फेला परेका थिए ।

उक्त घटना पछि प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रमाणको आधारमा मृतकका सालो निरज खातीलाई पक्राउ गरी जिल्ला आदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषामा भएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक प्रकाश रानाभाटले दिएको जानकारीको आधारमा सेयर लगानी सम्बन्धी विषयमा रिसवी राखी प्रमोद रेग्मीलाई अत्यधिक मदिरा सेवन गराई बाँसको लठीले उनका सालो निरज खातीले ठाउकोमा प्रहार गर्दा मृत्यु भएको हो ।

घटना पछि प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान गरी मृतकको सालोलाई प्रमाण सहित पक्राउ गरी आदालत समक्ष बुझाएको जनाइएको छ ।

यता, पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रहरीले माघ महिना भित्र सिमावर्ती क्षेत्रमा चोरी पैठारी गरी ल्याइएको २८ लाख २१ ह्जार ८ सय बराबरका लताकपडा, किराना सरसमान, मदिरा बरामद गरी जनकपुर भन्सार कार्यालयमा बुझाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);