कृष्ण सागरमा टर्कीको मालवाहक जहाजमाथि ड्रोन आक्रमण, चार जना घाइते | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

कृष्ण सागरमा टर्कीको मालवाहक जहाजमाथि ड्रोन आक्रमण, चार जना घाइते

कृष्ण सागरस्थित रुसको नोभोरोसिस्क बन्दरगाहबाट करिव ३० नटिकल माइल टाढा टर्कीको एक मालवाहक जहाजमाथि ड्रोन आक्रमण भएको छ । सोमवार भएको उक्त आक्रमणमा चालक दलका चार सदस्य घाइते भएका छन्, जसमध्ये तीन जना टर्कीका नागरिक रहेको टर्कीको इहलास न्युज एजेन्सीले जनाएको छ । क्यामरुनको झण्डा अंकित ‘नादेज्दा’ नामक उक्त जहाज टर्कीको सामसुनबाट ताजा फलफूल र तरकारी बोकेर रुसको नोभोरोसिस्कतर्फ जाँदै थियो । सामसुनस्थित काल्योन्कु सिपिङको स्वामित्वमा रहेको यस जहाजमा टर्कीको समयअनुसार सोमबार अपराह्न ४ः३० बजे आक्रमण भएको बताइएको छ । जहाजका क्याप्टेन याल्चिन साहिनले उक्त आक्रमण युक्रेनले गरेको दाबी गरेका छन् । उनकाअनुसार आक्रमणमा ६ देखि ७ वटा ड्रोनको प्रयोग गरिएको थियो । क्याप्टेन साहिनले जहाजमा सवार सबै सदस्यहरू जीवितै रहेको र गम्भीर मानवीय क्षति नभएको जानकारी दिएका छन् ।
पछिल्ला महिनाहरूमा कृष्ण सागर क्षेत्रमा टर्कीका जहाजहरूमाथि बारम्बार आक्रमण हुने गरेका छन्, जसले गर्दा यस क्षेत्रको समुद्री सुरक्षामा चुनौती थपिएको छ । हालैका यस्ता घटनाहरूमा कैयौँ व्यक्तिको मृत्यु समेत भइसकेको छ ।

Leave a Reply

ताजा समाचार