सिरियाली हवाई आक्रमणमा २९ टर्कीस सैनिकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सिरियाली हवाई आक्रमणमा २९ टर्कीस सैनिकको मृत्यु

29 turskish soldier dead

एजेन्सी, १६ फागुन । टर्कीको उत्तर पश्चिम इडलिब प्रान्तमा सिरियाले गरेको हवाइ आक्रमणमा २९ जना टर्कीस सैनिकको मृत्यु भएको छ । टर्कीले इडलिब प्रान्तमा तैनाथ सुरक्षाकर्मीको संख्या बढाएलगत्तै सिरियाले गरेको हवाई आक्रमणमा २९ जना टर्कीस सैनिककोे मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

आक्रमणमा ९० जनाभन्दाबढी टर्किस सैनिक घाइते भएको बताइएको छ । आक्रमण लगत्तै टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगानले सुरक्षा अधिकारीहरुसँग छलफल गरेर सिरियाली सरकारले गरेको आक्रमणको जवाफ दिने चेतावनी दिएका छन् । रसियाको समर्थनमा रहेको सिरियाली सैनिकले विपक्षीहरुका अखडा नियन्त्रण गर्न भन्दै सैन्य कारवाही बढाएको हो ।

आक्रमण भएको स्थानमा बाक्लो बस्ती रहेकाले कयौं सर्वसाधारण विस्थापित भएका छन् । सिरिया र टर्कीको बढ्दो तनावका कारण गत डिसेम्बरदेखि नै भएको सैन्य कारबहीका कारण दश लाख भन्दा बढी विस्थापित भइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);