इरानी उपराष्ट्रपति इब्तेकरलाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

इरानी उपराष्ट्रपति इब्तेकरलाई कोरोना संक्रमण

iranian vp corona

एजेन्सी, १६ फागुन । इरानमा उच्च सरकारी अधिकारीहरूलाई पनि धमाधम कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । इरानकी उपराष्ट्रपति मसुमेह इब्तेकरलाई पनि कोरोना भाइरसका संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इब्तेकर इरानका चार जना उपराष्ट्रपतिमध्ये महिला मामिलासम्बन्धी उपराष्ट्रपति हुन् । कोरोना संक्रमण देखिएपछि उनी अहिले घरमै क्वारेन्टाइन बसिरहेकी छिन् । इरानमा कोरोना संक्रमित उनी सातौं उच्च सरकारी अधिकारी हुन् । इरानमा कारोना भाइसरबाट अहिलेसम्म २६ जनाको ज्यान गएको छ भने २ सय ४५ जना संक्रमित भएका छन् ।

चीनबाहेक हालसम्म ४४ देशमा कोरोनाभाइरसको संक्रमण देखा परेको छ । गत डिसेम्बरको अन्त्यदेखि चीनबाट सुरुभएको कोरोना भाइसरबाट अहिलेसम्म विश्वभरि २८ सय जनाको मृत्यु हुनुका साथै ८२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोना भाइरसकै कारण सार्वजनिक विद्यालय १ महिना बन्द गर्ने घोषणा गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);