विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या झण्डै १५ हजार पुग्यो, साढे ३ लाख संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या झण्डै १५ हजार पुग्यो, साढे ३ लाख संक्रमित

CORONA

काठमाडौँ, १० चैत । विश्वभर आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १४ हजार ७ सय ४ पुगेको छ । अहिलेसम्म विश्वका १ सय ९२ भन्दा बढी देशमा ३ लाख ४९ हजार ७ सय १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट इटालीमा अहिलेसम्म ५ हजार ४ सय ७६ जनाले ज्यान गुमाइसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । चीनमा अहिलेसम्म ३ हजार २ सय ७० जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा १७ सय ७२ इरानमा १६ सय ८५, फ्रान्समा ६ सय ७४, अमेरिकामा ४ सय ५७, बेलायतमा २ सय ८१, नेदरल्याण्डमा १ सय ७९, बेल्जियममा ७५, जर्मनीमा ९४ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ ।

कोरोना संक्रमित ३ लाख ४९ हजार ७ सय १० जना उपचार पछि निको भइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);