विश्वभर कोरोना संक्रमित ६६ लाख भन्दा बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विश्वभर कोरोना संक्रमित ६६ लाख भन्दा बढी

corona update

एजेन्सी, २३ जेठ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो विबरण अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६६ लाख ९८ हजार ६ सय १५ पुगेको छ ।

कोरोनाबाट विश्वमा ३ लाख ९३ हजारको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये ३२ लाख ४९ हजार बढी निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा १९ लाख २४ हजार संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १ लाख १० हजार नाघेको छ ।संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा करिब ७ लाख १२ हजार निको भएका छन् । अमेरिकापछि ब्राजिलमा अहिलेसम्म ६ लाख १५ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।

ब्राजिलमा मृत्यु हुनेको संख्या ३४ हजार ३९ सय पुगेको छ । त्यस्तै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ४१ हजार पुगेको छ भने अहिलेसम्म ५ हजार बढीको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाका कारण ३९ हजार ९ सय ४ जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा २ लाख २६ हजार संक्रमित भएका छन् भने ६ हजार ३ सय ६३ को संक्रमणबाट मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);