विश्वभर ५४ लाखभन्दा बढी कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

विश्वभर ५४ लाखभन्दा बढी कोरोना संक्रमित

wuhan-coronavirus

एजेन्सी, ११ जेठ ।  विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५४ लाख नाघेको छ । पछिल्लो विबरण अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५४ लाख १ हजार पुगेको छ ।

त्यस्तै ३ लाख ४३ हजार ७ सय जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये २२ लाख ४७ हजार भन्दा बढि निको भएर घर फर्किएका छन । गत वर्षको डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रताडित भएको छ ।

हालसम्म अमेरिकामा १६ लाख ६६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने ९८ हजार भन्दा बढीको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा करिब ४ लाख ४६ हजार निको भएका छन् । अमेरिकापछि सबैभन्दा बढी संक्रमण ब्राजिलमा देखिएको छ । ब्राजिलमा अहिलेसम्म ३ लाख ४७ हजारमा संक्रमण देखिएको छ ।

संक्रमणको हिसाबले ब्राजिल दोस्रो स्थानमा रहे पनि मृत्यु हुनेको संख्या भने २२ हजार १३ जना रहेका छन् । त्यस्तै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ३५ हजारभन्दा बढी पुगेको छ भने अहिलेसम्म ३ हजार ३ सय बढीको मृत्यु भएको छ । बेलायतमा ३६ हजार ६ सय ७५ जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रण तीव्र रुपमा फैलिरहेको छ ।

भारतमा १ लाख ३१ हजार जनामा संक्रमण देखिएको छ भने ३ हजार ८ सय ६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन विश्वका विभिन्न देशहरु लागिरहेका छन । तर अहिलेसम्म ठोस सफलता भने हात परेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);