विश्वभर ५२ लाख ८८ हजार जना भन्दाबढी कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विश्वभर ५२ लाख ८८ हजार जना भन्दाबढी कोरोना पुष्टि

corona

एजेन्सी, ११ जेठ । विश्वभर कोरोना संक्रमणबाट ३ लाख ४० हजार ८ सय ७५ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ । हालसम्म विश्वभर ५२ लाख ८८ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक आइतबार बिहानसम्म त्यहाँ ९७ हजार ४८ जनाको मृत्यु भएको छ । १६ लाख २१ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि भएका छन् ।

त्यस्तै, बेलायतमा ३६ हजार ७ सय ५७, इटालीमा ३२ हजार ७ सय ३५, स्पेनमा २८ हजार ६ सय ७८ फ्रान्समा २८ हजार २ सय १८, ब्राजिलमा २१ हजार ४८ जनाको मृत्यु भएको छ ।

विश्वभर २१ लाख २ हजार ५ सय ५७ जना कोरोना संक्रमित अहिले  संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेहरुमध्ये अमेरिकामा ३ लाख ६१ हजार २ सय ३९, जर्मनीमा १ लाख ५९ हजार ७ सय १६, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ३८ हजार ८ सय ४०, ब्राजिलमा १ लाख ३५ हजार ४ सय ३० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा भने ५ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये ८९ जना संक्रमणमुक्त भइसकेका छन् । साथै, ३ जनाको मृत्यु भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);