विश्वभर १० लाख ८० भन्दा बढी कोरोना संक्रमित निको भए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

विश्वभर १० लाख ८० भन्दा बढी कोरोना संक्रमित निको भए

coronavirus recovered

एजेन्सी, २० वैशाख । कोरोना भाइरसबाट संक्रमित भएकामध्ये शुक्रबारसम्म १० लाख ८० भन्दा बढी निको भएका छन् । अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार शुक्रबारसम्म कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये १० लाख ८० हजार १ सय ५३ जना निको भएर घर फर्किएका हुन ।

विश्वविद्यालयको तथ्यांकअनुसार अहीलेसम्म संक्रमित हुनेको संख्या ३४ लाख पुगेको छ । त्यस्तै २ लाख ३९ हजार जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये १० लाख भन्दा बढी निको भइसकेकाले उपचाररतमध्ये पनि धेरै निको हुने चिकित्सकहरुले बताएका छन् ।

अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये सबैभन्दा बढी अमेरिकामा १ लाख ६१ हजार भन्दा बढी मानिस निको भएका छन् । अमेरिकामा संक्रमितको संख्या ११ लाख ३१ हजार पुगेको छ । त्यस्तै अहीलेसम्म अमेरिकामा ६५ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ ।

त्यस्तै जर्मनीमा संक्रमण पुष्टि भएका एक लाख ६४ हजारमध्ये एक लाख २६ हजार ९ सय जना निको भएका छन् । जर्मनीमा ६ हजार ७ सय ३६ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमित दुई लाख ४२ हजार ९ सय ८८ जनामध्ये करिब एक लाख ३८ हजार निको भएका छन् । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ हजार ८ सय २४ पुगेको छ ।

इटालीमा दुई लाख ७ हजार ४ सय २८ संक्रमितमध्ये ७५ हजार ९ सय ४५ जना निको भएका छन् । त्यस्तै इटालीमा २८ हजार २ सय ३६ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा संक्रमण नियन्त्रण उन्मुख रहेको छ ।

चीनमा संक्रमितमध्ये धेरै जना निको भएका छन् । चीनमा कोरोना संक्रमण पुष्टि भएका ८३ हजार ९ सय ५६ जनामध्ये ७८ हजार ५ सय २३ जना निको भएका छन् । चीनमा ४ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार नाघेको छ । १ हजार २ सय २३ जना भन्दा बढीको मृत्यु भएको छ । १० हजार बढी निको भएर घर फर्किएका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);