विश्वभर कोरोना संक्रमितको संख्या ६५ लाख नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

विश्वभर कोरोना संक्रमितको संख्या ६५ लाख नाघ्यो

corona update

एजेन्सी, २२ जेठ । विश्व स्वास्थ्य संगठनको पछिल्लो विबरण अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६५ लाख ६७ हजार पुगेको छ । कोरोनाबाट विश्वमा ३ लाख ८७ हजारको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये ३१ लाख ६४ हजार बढी निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा १९ लाख १ हजार संक्रमित भएका छन भने मृत्यु हुनेको संख्या १ लाख ९ हजार नाघेको छ ।

संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा करिब ६ लाख ८८ हजार निको भएका छन् । अमेरिकापछि ब्राजिलमा अहिलेसम्म ५ लाख ८४ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।

ब्राजिलमा मृत्यु हुनेको संख्या ३२ हजार ५ सय पुगेको छ । त्यस्तै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३२ हजार पुगेको छ भने अहिलेसम्म ५ हजार बढीको मृत्यु भएको छ ।

बेलायतमा कोरोनाका कारण ३९ हजार ७ सय २८ जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा २ लाख १६ हजार संक्रमित भएका छन् भने ६ हजार ८८ को संक्रमणबाट मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);