विश्वभर कति कोरोना संक्रमित पुगे ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्वभर कति कोरोना संक्रमित पुगे ?

एजेन्सी, १० जेठ । पछिल्लो विबरण अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ लाख ९८ हजार १ सय ९७ पुगेको छ । त्यस्तै ३ लाख ३९ हजार ४ सय १८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये २१ लाख ५६ हजार २ सय भन्दा बढि निको भएर घर फर्किएका छन ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रताडित भएको छ । हालसम्म अमेरिकामा १६ लाख ४५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने ९७ हजार भन्दा बढीको मृत्यु भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये अमेरिकामा करिब ४ लाख ३ हजार निको भएका छन् । अमेरिकापछि सबैभन्दा बढी संक्रमण रुसमा देखिएको छ । रुसमा अहिलेसम्म ३ लाख ३० हजारमा संक्रमण देखिएको छ ।

संक्रमणको हिसाबले रुस दोस्रो स्थानमा रहे पनि मृत्यु हुनेको संख्या भने कम रहेको छ । ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख २६ हजारभन्दा बढी पुगेको छ भने अहिलेसम्म २१ हजार बढीको मृत्यु भएको छ ।

बेलायतमा ३६ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ । भारतमा १ लाख २४ हजार जनामा संक्रमण देखिएको छ भने ३ हजार ७ सय २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन विश्वका विभिन्न देशहरु लागिरहेका छन । तर अहिलेसम्म ठोस सफलता भने हात परेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);