चिकित्सहरुको आन्दोलन स्थगित, ५ बुँदे सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

चिकित्सहरुको आन्दोलन स्थगित, ५ बुँदे सम्झौता

swasthya-mantralaya

काठमाडौं ,जेठ २२ । एक सातादेखि आन्दोलन गर्दै आएको चिकित्सक तथा स्वास्थ्यकमीहरुबीचको आन्दोलन स्थगित भएको छ ।

गत १४ जेठमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा विरामीका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुको आन्दोलनलाई देशभरीका चिकित्सकहरुले समर्थन गरेका थिए।

बुधबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिको सहभागितामा आन्दोलनरत चिकित्सकका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच ५ बुँदे सम्झौता भएको छ ।

सम्झौतामा ड्युटीमा खटिएका चिकित्सकमाथि हातपात गर्नेमाथि छानविन गरी तीन दिनभित्र कारवाहीको दायरामा ल्याउने , सीसीटीभी फुटेज गायव पार्नेलाई पनि तीन दिनभित्र कारवाहीको दायरामा ल्याउने सहमति भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);