भेरी अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण भएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

भेरी अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण भएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

बाँके । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् ।

कोरोना संक्रमित बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै नर्सिङ संघ बाँकेले अस्पताल परिसरमै आन्दोलन सुरु गरेका हुन् ।

भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली रावतको मृत्यु भएपछि आफन्तहरूले बिहीबार राति कोभिड वार्डमा खटिएका चिकित्सक र नर्सिङ स्टाफलगायतलाई दुव्र्यवहार गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार रावतका छोरा र भाइहरूले भेन्टिलेटरमा राखेपछि मृत्यु भएको भन्दै डा. चन्द्रप्रकाश सहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका थिए । संघले घटनामा संलग्न दोषीलाई अविलम्ब नियन्त्रणमा लिई कारबाही गर्न र आगामी दिनमा निर्भीकतापूर्वक काम गर्ने वातावरण मिलाउन माग गरेको छ ।

बिरामीका आफन्तले भने चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन् । यता घटनाको छानबिन गर्न स्थानीय प्रशासनले बिहीबार राति सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);