भेरी अस्पताल घट्नाबारे तत्काल छानविन गर्न कांग्रेसको ध्यानकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भेरी अस्पताल घट्नाबारे तत्काल छानविन गर्न कांग्रेसको ध्यानकर्षण

काठमाडौं । नेपाली कांग्रसले भेरी अस्पतालमा भएको आक्रमण जघन्य अपराध भएको बताएको छ। शुक्रबार कांग्रेस कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने समूहलाई तत्काल कानुनी दायरमा ल्याइ कडा कारबाही गर्नुपर्नेमा जोड दिएका हुन् ।

उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तहरुले डाक्टर र नर्सहरुमाथि आक्रमण गर्न खोज्दा ज्यान जोगाउन अस्पताल भवनबाट हामफालेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको हो ।

स्वास्थ्यकर्मीहरुमा डर र त्रास उत्पन्न भएका कारण अस्पतालको काम समेत प्रभावित भई बिरामीहरुको उपचारमा गम्भीर असर परेको भन्दै कांग्रेसले घटनालाई गम्भीरता पूर्वक लिन समेत बाँके जिल्ला अधिकारीलाई पत्रचार समेत गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);