भेरी अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गरेको आरोपमा ३ जनालाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भेरी अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गरेको आरोपमा ३ जनालाई पक्राउ

बाँके । बिहीबार बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

भेरी अस्पतालमा उपचाररत दाङका डिल्ली रावतको मृत्यु भएपछि आफन्तहरूले बिहीबार राति कोभिड वार्डमा खटिएका चिकित्सक र नर्सिङ स्टाफलगायतलाई दुव्र्यवहार गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार रावतका छोरा र भाइहरूले भेन्टिलेटरमा राखेपछि मृत्यु भएको भन्दै डा. चन्द्रप्रकाश सहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका थिए ।

कोरोना संक्रमित बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्दै नर्सिङ संघ बाँकेले अस्पताल परिसरमै आन्दोलन सुरु गरेका छन्। संघले घटनामा संलग्न दोषीलाई अविलम्ब नियन्त्रणमा लिई कारबाही गर्न र आगामी दिनमा निर्भीकतापूर्वक काम गर्ने वातावरण मिलाउन माग गरेको छ ।

बिरामीका आफन्तले भने चिकित्सकको लापरबाहीले ज्यान गएको आरोप लगाएका छन् । यता घटनाको छानबिन गर्न स्थानीय प्रशासनले बिहीबार राति सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानबिन समिति बनाएका थिए।

यो पनि पढ्नुहोस

भेरी अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण भएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);