गृह मन्त्रालयद्धारा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका जिल्ला अधिकारीलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

गृह मन्त्रालयद्धारा स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका जिल्ला अधिकारीलाई निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरेको छ ।

शुक्रबार गृहले एक विज्ञप्ति जारी गर्दे महामारीको विषम परिस्थितिमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको भन्दै मन्त्रालयले सुरक्षामा जिल्ला अधिकारीलाई निर्देशन दिएको हो ।

स्वास्थ्यकर्मीमाथि भएको कुटपटि र अस्पताल तोडफोड गर्ने कार्य गैरकानुनी भएकाले संलग्नमाथि तत्काल कानुनी कारबाही गन जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको हो ।‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो मन्त्रालयले जनाएको छ ।

बिहीबार राति भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो । घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ । अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);