लामो तथा मध्यम दूरीको सवारीसाधन सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लामो तथा मध्यम दूरीको सवारीसाधन सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । कोरोनाका कारण बन्द रहेका लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालनका लागि अनुमति दिन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले लामो तथा मध्यम दूरीका यातायात सञ्चालनका लागि अनुमति दिन प्रहरी प्रधान कार्यालय र ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्रमार्फत् निर्देशन दिएको हो । मन्त्रिपरिषद्ले साउन ४ गते सवारी सधान सञ्चालन गर्ने आवश्यक सहजीकरण गर्न लिखित पत्र मन्त्रालयलाई पठाएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

त्रिभुवन विश्वविद्यालय तथा लोकसोव आयोग लगायत निकायबाट परीक्ष कार्यक्रम सार्वजनिक भएकाले मन्त्रालयले परीक्षार्थीहरूको सहजताका लागि सबै जिल्लालाई यातायात सञ्चालन गर्न आदेश दिएको जनाएको छ । मन्त्रालयको आदेश पछि अव यस यस विषयमा जिल्लाका डिसीसीएमसीले निर्णय लिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्नेछ ।

मन्त्रालयले बुधबार नै ७७ वटै जिल्लाका लागि पत्र समेत जारी गरेको थियो ।

कोरोना महामारीको दाश्रो लहरका कारण काठमाडौं उपत्यकामा गएको बैशाख १६गतेबाट निषेधाज्ञा जारी भएपछि लामो दूरीको सवारी साधन हालसम्म सामान्य रुपमा सञ्चालनमा आएका छैनन् । यातायात व्यवसायीहरुले भने लामो दूरीको सवारी सञ्चालनको माग गर्दै आईरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);