‘यति बेला स्वास्थ्यकर्मी त भगवान् झैँ भए’ (फाेटाेफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

‘यति बेला स्वास्थ्यकर्मी त भगवान् झैँ भए’ (फाेटाेफिचर)

कपिलबस्तु । वैशाख दोस्रो हप्तादेखि देशभर कोभिड १९को नयाँ दोश्र्रो भेरियन्टको सङ्क्रमण फैलिन सुरु भयो । भारतमा काम गर्ने नेपाली मजदुर अब्यावस्थीत रुपमा सिमा नाकामा बिना स्वास्थ्य चेक जाच गरि नेपाल घर फार्कन थाले । परिणाम स्वरुप नेपाल कपिलबस्तुमा पनि कोरोना सङ्क्रमित बढन थाले । कोरोना सङ्क्रमण रोकथामका लागि जिल्ला–जिल्लामा निषेधाज्ञा लगाउन थालियो ।

कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या पनि बढ्न थाल्यो । सहरका ठूलठूला अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको चाप बढ्यो । त्यसपछि देशभर झैँ कपिलबस्तुका पालिकाले पनि अस्थायी कोभिड अस्पताल निर्माण गर्न सुरु गरे । त्यही क्रममा कपिलबस्तु नगरपालिका २ मा महिला बिकासको भवनमा पनि वैशाखको झन्डै तेस्रो हप्तादेखि अक्सिजनसहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आयो ।

कोभिड अस्पतालका डाक्टर जाबेद अहमद खाँ, डा.अमुल्य पाठक, डा.गणेश क्षेत्री, डा.खरेन्द्र चौधरी, डा.रामित पाण्डें, डा.अभिषेक श्रीवास्तव, डा.अमित पाण्डें, डा.द्रोण क्षेत्री, डा.नबिन सापकोटा, डा.सदाब अहमद, डा.जबेद अखतर खाँ को कोभिड फईटर टिमको टोलीलेकोरोनामा तीव्र गतिमा खटिएकोले जिल्लामा अहिले मृत्यु दर कम भएको मे.सु डा. किशोर बन्जाडेले बताए ।

कपिलबस्तु अस्पतालमा कोभिडको उपचार गराई रहेका माया देबी गाउपालिका ५ सिसहनियाका ६५ बर्षिय गोबिन्द शरण तिवारी १० दिन आई सि यु मा उपचार गराई रहेका बिरामी भन्छन, भगवान खोज्न मन्दिर, महजिद, गुरुद्धारा, धर्मिक स्थलमा जानु पर्दैन, भगवान त अस्पतालमै पाईन्छ । अर्का बिरामी कपिलबस्तु नगरपालिका २ महुवरियाका ४५ बर्षिय अब्दुल हकिम थप्छन मेरो अक्सिजन लेबल ५० मा झरे पनि डा.को हौशलाले बाचें ।

डा.आफु र आफनो घर परिवार सन्चो न भए पनि,आफनो ज्यान र घर परिवारको प्रवाह नगरि दिन रात बिरामीको सेवा गर्नेमावनको रुपमा अल्लाह,भगवान नै हुन डाक्टरहरु । अर्का कपिलबस्तु नगरपालिका १ की पि सि आर पोजटिभ गर्भवाती शुशिला कशौधनले आँखाबाट आसु झार्दै भन्छिन म कोभिडको बिरामी भए पनि जानी जानी डा.ले मेरो सफल सल्यक्रिया गरि छोरा पाए ।

अब देखी मानव रुपी डा. को पुजा गर्छु, यो माहामारीमा मन्दिरको ढोका बन्द छ तर अस्पतालको ढोका खुल्ला छ, मेरो लागी अस्पताल मन्दिर हो डा.ईश्वर हुन जो कि आफनो ज्यान प्राणको बाजी राखी अरुको प्राण बचाउछन । यद्यपि बेला–बेला पीसीआर परीक्षण गर्ने भीटीएम किट र एन्टिजेन किटको समस्या हुन्थ्यो । ठाउँठाउँमा फोन गर्दै जेनतेन किटको व्यवस्था मिलाएर परीक्षणको दायरा बढाइयो ।

अक्सिजन सिलिन्डरको व्यवस्था मिलाउने क्रम पनि सुरु भयो । कोरोनाका सिकिस्त बिरामी थपिने क्रम बढ्यो । यहाँ मात्र सम्भव नभएपछि केही सङ्क्रमितलाई एम्बुलेन्समा अक्सिजन सिलिन्डरसहित बुटवलको लुम्बिनी अंचल अस्पताल, कोरोना बिषेश अस्पताल बुटवल र भैरहवा मेडिकल कलेजमा पठाउन थालियो ।

कोरानाका सिकिस्त बिरामीलाई अक्सिजनसहित बेड मिलाउन कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डें, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी, कपिलबस्तु नगरपालिकाका मेयर किरण सिंह, प्रशासकीय अधिकृत शेषकान्त पौडेल, स्वास्थ्य कार्यालय प्रमुखहेम राज पाण्डें, कपिलबस्तु अस्पतालका मे.सु. डा.किशोर बन्जाडे, महुरी होमका अध्यक्ष राबिन्द्र नाथ ठाकुर, नेपाल पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष किरनमान बज्राचार्य, निमार्ण ब्यवसायी संघका अध्यक्ष गुन्जन गुप्ता, नेपाल चेम्बर आफ कार्मशका अध्यक्ष गोपी कृण्ण शर्मा लगायतका स्थानिय अगुवा समाज सेवीको पहल र समन्वयमा बिरामीले समयमै अक्सिजनसहितको बेड र उपचार पाउन थाले ।

कपिलबस्तुअस्पतालमा अहिले बिषयम परिस्थतीमा पनि सहज भएको कपिलबस्तु अस्पतालका ब्यवास्थापक रत्नाकर शुक्लाले बताए । धेरैजसो बिरामी अहिले उपचारपछि घर फर्किसकेका छन् र उनीहरु भन्छन– यतिबेला स्वास्थ्यकर्मी त भगवान झैँ भए । ‘कोरोना लागेपछि श्वासप्रश्वासमा समस्या हुँदा अस्पतालमा तत्काल बेड मिलाइदिन पहल गर्ने समाजसेवी र अक्सिजन लगाएर उपचार गर्ने स्वास्थ्यकर्मीले गर्दा धेरै बिरामी निको भए ।

कोभिड अस्पतालका र आईसुलेशनकालागि अक्सिजन सिलिन्डर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेर्तत्वको टिमले जिल्लाका बिभिन्न उद्योग कल कारखानामा भएका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई प्रहरीले चढ्दै आएको गाडीमा बोक्दै कोभिड अस्पतालका लागि अक्सिजन सिलिन्डरको जोहो गरे । केही युवा गोपी कृण्ण शर्माको अगुवाईमा अक्सिजन सिलिन्डर किन्नकालागी चन्दा सहयोग संकलन गरि सिलिन्डर ब्यवास्थापन गरे । कोरोना नयाँ भेरियन्ट फैलिन थालेपछि वैशाख तेस्रो हप्तासम्म कपिलबस्तुका १० वटै पालिकाबाट प्रमुख जिल्ला अधिकारीको पहलमा सबै पालिकामा अक्सिजन सिलिन्डर प्रबन्ध भयो ।

अहिले ‘हाम्रो साझा प्रयास अभियान’ भन्ने नारासहित कपिलबस्तुमा अक्सिजन बैंक अभियान सुरु गरिएपछि अक्सिजन अभाव भएको छैन । कपिलबस्तुमा अस्पतालमा भर्ना भएका बिरामी, कुरुवा, सुरक्षाकालागी खटिएका शास्श्त्र र जनपद प्रहरी तथा सुरक्षा कर्मी, एम्बुलेन्स चालक र दैनिक ज्याला मजदुरी र गरि खाने मजदुरलाई खानाको ब्यवास्था हाम्रो साझा प्रयासले गरेको छ । भने कपिलबस्तुमा अस्पतालमा बिभिन्न दातृ निकायबाट मास्क, सेनिटाईजर,पि पि सेट तथा अक्सिजन सिलिन्डर किन्नकालागी नगद रकम आउने क्रम जारी रहेको एक दातृ निकाय लुम्बिनी बिकास कोषको कार्यकारी सदस्य राजेश ज्ञवालीले बताए ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमण देशैभरि फैलिएसँगै अक्सिजन अभाव भइरहेका बेला समाजसेवीको युवाको सक्रियतामा अक्सिजन बैंक सञ्चालनका लागि देश विदेशबाट अहिलेसम्म झण्डै ८ लाख ९८हजार रकम जम्मा भएकोमा ७ लाख ६९ हजार ५ सय को ३० वटा नयाँ अक्सिजन सिलडिर खरिद गरिएको, २२ हजार १ सयमा ३४ वटा सिलडिर गरिएको छ । २ वटा अक्सिजन कन्सन्टेटर खरिद गर्नकालागी अर्डर गरिएको युवा गोपी कृण्ण शर्माले बताए ।

कपिलबस्तुमा अस्पतालमा अक्सिजनको सहज आपूर्तिका लागि बिभिन्न राजनैतिक दलको ध्यानाकर्षण भएकोले अक्सिजन बैंकमा सहयोग आउने क्रम जारी छ । कपिलबस्तुमा गम्भीर बिरामीको भने उपचारकै क्रममा १७३ ज्यान गयो । जसमध्ये महिला ५२ जना (गर्भावती १ जना) पुरुष १२१ जना रहेका स्वास्थ्य कार्यालयका कोरोना फोक्ल पर्सन उमेश घिमिरे बताए ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);