स्वास्थ्यकर्मी नै कोरोना सङ्क्रमित भए पछि जनशक्तिको अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्वास्थ्यकर्मी नै कोरोना सङ्क्रमित भए पछि जनशक्तिको अभाव

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) को गणेश भवनको प्राङ्गणमा दुई लाइन लगाएर पीसीआर परीक्षण गरिएको छ। तर उक्त दुई लाइनमध्ये एउटा स्वास्थ्यकर्मीहरूको र अर्को लाइन सर्वसाधारणको हो । टिचिङ अस्पतालमा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मी गरी करिब २ सय भन्दा बढी सङ्क्रमित भएको अस्पताल स्रोतले जनाएको छ । आज सोमबार पनि कोरोना परीक्षण गर्ने स्वास्थ्यकर्मीको लाइन रहेकाले स्वास्थ्यकर्मीको सङ्क्रमित दर अझै बढ्न सक्ने अस्पतालले जनाएको छ ।

गएको सातादेखि स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित हुने दर ह्वात्तै बढेको छ । सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मी सङ्क्रमित भएको पाइएको छ । आठ महिना अघि कोरोना सङ्क्रमणको दोस्रो लहरमा सङ्क्रमण उत्कर्षमा पुग्दा अस्पतालमा बेड र अक्सिजनको हाहाकार भई बिरामीको ज्यान जाने अवस्था थियो ।

अहिले ओमिक्रोन भेरियन्ट फैलिदा अस्पतालहरूमा बेड, अक्सिजन पर्याप्त छ । तर, हाल जनशक्ति अभावले चुनौती थपिएको टिचिङ अस्पतालले जनाएको छ। अस्पतालका अनुसार एकैपटक धेरै स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा कोभिड, नन्कोभिड वार्डमा खट्ने जनशक्तिको अभाव हुँदैछ । ८ शय्याको मेडिकल आईसीयूका सबै कर्मचारी सङ्क्रमित भएपछि टिचिङको सो वार्ड बन्द गरिएको छ ।

कोरोना पोजेटिभ आएका स्वास्थ्यकर्मीलाई होम आइसोलेशनमा १० दिनका लागि अस्पतालले पठाउने गरेको छ । अस्पतालमा शय्या भए पनि जनशक्तिको अभावमा खड्किदा कोभिड वार्डका बेडहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन समस्या भएको अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक करिब ५ सय जनाको कोरोना परीक्षण हुन्छ । पीसीआर गरेका मध्ये ४० प्रतिशतलाई कोरोना पोजेटिभ देखिने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);