नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा संक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा संक्रमण पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २११ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।२ हजार ८६ जनाले पीसीआर र १ हजार १२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। सोही अवधिमा १३ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्।

यससँगै संक्रमण मुक्त हुनेको संख्या नौ लाख ६७ हजार २१७ पुगेको छ। संक्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १०२ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ। होम आइसोलेशनमा १०२ सङ्क्रमित रहेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);