पर्सामा कोरोना सङ्क्रमित तथा मृत्यु दर घट्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पर्सामा कोरोना सङ्क्रमित तथा मृत्यु दर घट्दै

पर्सा  पर्सा जिल्लामा केही दिन देखि कोरोना सङ्क्रमित तथा मृत्यु दर लगातार घट्ने क्रम जारि गरेको देखिन्छ । बिहिबार यहाँ स्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा पर्साका जम्मा ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार अस्पतालको प्रयोशालमा विभिन्न स्थानबाट सङ्कलन गरेर ल्याइएको २ सय ८८ जनाको स्वाबलाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा पर्साका ३७ सहित जम्मा ५४ जनामा सङ्क्रमण भेटिएको हो । सङ्क्रमित हुने १४ जना महिला पनि छन् । 

पछिल्लो दिनहरुको तुलनामा नारायणी अस्पतालमा सङ्क्रमण पुष्टि हुने दर घटेर १८.७५ प्रतिसतमा झरेको हो । बुधबार सङ्क्रमण पुष्टि हुने दर २८.४७ प्रतिसत थियो भने मंगलबार २६.७४ प्रतिसत थियो । बैशाखमा सङ्क्रमण उत्कर्षमा पुगेको बेला नारायणीमा भएको स्वाब परिक्षणमध्ये का ७० प्रतिसतसम्ममा सङ्क्रमण पुष्टि हुनेगरेको थियो ।

नारायणी अस्पतालमा सङ्क्रमण पुष्टि हुने अन्यमा बाराका १३ जना र रौतहट र सर्लाहीका २/२ जना रहेको डा. दासले जानकारी दिए ।डा. दास अनुसार थपिएका सङ्क्रमितहरु १४ वर्षदेखि ७५ वर्ष उमेर समूहसम्मका रहेका छन् भने उनीहरुको सिटि भ्यालु १६.९ देखि ३५.८ सम्म रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);