बल्ल जुट्न थाले बाँकेका स्थानीय तह संक्रमण रोकथाममा | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

बल्ल जुट्न थाले बाँकेका स्थानीय तह संक्रमण रोकथाममा

बाँके । कोरोना संक्रमण तिब्र गतिमा फैलिएपछि बाँकेका स्थानीय तह संक्रमण रोकथाममा जुटेका छन् ।

कोरोना संक्रमितको उपचारका लागि स्थानीय तहले कोभिड अस्थायी अस्पताल र अक्सिजनसहितको आइसोलेशन केन्द्र बनाएका हुन् । कोभिडको हटस्पट बनेको बाँकेको अवस्था अहिले निक्कै खराब छ । कोभिडबाट संक्रमित र ज्यान गुमाउनेको संख्या दिनहुँ बढेपछि स्थानीय तह तातिएका हुन् ।

कोहलपुर नगरपालिकाले अक्सिजनसहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । एक चिकित्सक र चार जना नर्स समेतको जनशक्ति राखेर अस्पताल सञ्चालनमा ल्याइएको छ ।

अहिले नगरपालिकाका १२ जना संक्रमित भर्ना गरिएको अस्पतालले जनाएको छ । २५ बेड क्षमताको सो अस्पतालमा संक्रमितलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ । भेन्टिलेटरमा राख्नुपर्ने बाहेकका अन्य संक्रमितको उपचार सो अस्पतालमा हुने बताइएको छ ।

खजुरा गाउँपालिकाले पनि अक्सिजनसहितको आइसोलेशन सञ्चालनमा ल्याएको छ । दुईवटा भवनमा गाउँपालिकाले ५० बेडको आईसोलेशन सञ्चालनमा ल्याएको छ । जनक शिक्षा सामाग्री केन्द्रको भवनमा ४० वेडको आइसोलेशन राखिएको छ ।

राधापुर स्वास्थ्य चौकीमा १० बेडको आईसोलेशन संचालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । अक्सिजनसहितको आइसोलेशन भएकाले मध्यमखालका बिरामीको उपचार त्यहीँ गर्न सकिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले पनि २ सय ५० बेडको अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्न लागेको उपप्रमुख उमा थापा मगरले बताए ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);