रामेछापको गोकुलगंगामा अत्यावश्यक बाहेकका सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८३, शनिबार

रामेछापको गोकुलगंगामा अत्यावश्यक बाहेकका सेवा बन्द

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

कोरोना संक्रमित बढ्दै गएपछि गाउँपालिकाले सोमबारदेखि बैशाख १७ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिकास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।

गाउँपालिकाभित्रका शिक्षण संस्थामा पूर्ण रुपमा पठनपाठन बन्द गरिएको छ । सञ्चालन भइरहेका परीक्षाका कार्यक्रम भने पूर्ण रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न लगाउने निर्णय भएको छ ।

सो गाउँपालिकामा दुई जना शिक्षक र चार विद्यार्थीसहित ९ जनामा आइतबार संक्रमण देखिएको थियो । यसअघि सोही ठाउँका ६ वर्षीय बालकमा पनि संक्रमण देखिएको थियो ।

आइ .एन. ए

Leave a Reply

ताजा समाचार