स्याङजामा संक्रमण बढेपछि मंगलबारदेखि १० दिनसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्याङजामा संक्रमण बढेपछि मंगलबारदेखि १० दिनसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं, १३ साउन । जिल्ला प्रशासन कार्यालयले स्याङजाले कोरोना संक्रमण बढेपछि जिल्लामा मंगलबारदेखि १० दिनसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्न अनुरोध गरेको छ । जिलला प्रहरी कार्यालय स्याङजामा कार्यरत प्रहरी उपरीक्षक सहित १८ जना प्रहरी कर्मचारीलाई एकैपटक कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि १० दिनसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न अनुरोध गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि अत्यावश्यक सेवा बाहेक आवतजावतमा पूर्णरुपमा बन्देज गरिएको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले जनाएको छ । जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई नै कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न स्याङजा प्रशासनले अनुरोध गरेको हो ।

घरबाहिर निस्कन आवश्यक परेमा अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनका लागि प्रशासनले आग्रह गरेको छ । निर्णयलाई अवज्ञा गर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही जिल्ला प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);