भलले बगाउँदा युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

भलले बगाउँदा युवकको मृत्यु

palpa pahiro

प्रकाश नेपाल
पाल्पा, १३ साउन |  जिल्ल्लामा पहिरो सहितको भलले बगाउँदा एक युवकको मृत्यु भएको छ । रम्भा गाउँपालिका १ असेर्दीमा खेतमा पसेको भल तर्काउन गएका ३० वर्षीय दिनेश अर्यालको भलले बगाउँदा मृत्यु भएको हो ।

सोमबार रातीदेखि आएको अविरल वर्षाका कारण खेतमा पसेको भल तर्काउन गएका अर्यालको मृत्यु भएको थियो । राति १ बजेको समयमा खेतमा पसेको भल तर्काउन गएका अर्यालको ढुङ्गा माटो सहित पहिरोको भलले बगाउदाँ उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए ।

अर्यालको खेतबाट १० मिटर तल ढुङ्गाा माटोले पुरिएको अवस्था शव भेटिएको थियो । उनको टाउकोमात्र देखिएको अवस्थामा स्थानीयले भेटाएका थिए । स्थानीयले शव देख्न साथ प्रहरीलाई खबर गरेका हुन् । खबर लगत्तै प्रहरीको टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);