पाल्पाको तिनाउमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पाल्पाको तिनाउमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु

current

पाल्पा,२२ कार्तिक । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका १ कचलमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु भएको छ । जंगलमा बाख्रा चराउन गएका सोही स्थानका टिका कुमारी गाहाको छोरा सुरज गाहा विजुलीको पोलमा चढ्दा शनिबार दिउँसो घाइते भएका थिए ।

घाइते उनको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);